पूर्व उप प्रधानपञ्च मुरारीप्रसाद उपाध्यायको निधन
कञ्चनरुप भाद्र ६ ।
राजविराज नगरपालिकाका पूर्व उप प्रधानपञ्च मुरारीप्रसाद उपाध्यायको ७६ वषको उमेरमा शुक्रबार निधन भएको छ ।
ज्वरो र निमोनियाले ग्रस्त एक साता अघि उपचारका लागि उनी काठमाडौं ग्राण्डी हस्पिटलमा लगिएको थियो ।राजविराज नगरपालिका–७ निवासी ७६ वर्षीय उपाध्यायको उपचारकै क्रममा ग्राण्डी हस्पिटलमा मृत्यु भएको हो ।
नेपाली काँग्रेस सप्तरीको क्षेत्रीय सभापति समेत बनेका उनी बिद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय थिए । २०४३ साल चैतमा भएको स्थानीय तहको निर्वाचनमा राजविराजको चार वटा वडाको मतदानमा धाँधली भएको भन्दै उम्मेदवारहरुले गरेको अनसनलगायतको आन्दोलन सफल भएपछि ०४४ साल बैशाखमा पुनः भएको निर्वाचनमा उनी उपप्रधान पञ्चमा निर्वाचित भएका थिए ।
चार वटा बुथको मतदानमा धाँधली भएको भन्दै जारी १२ दिनको अनसन पछि ०४४ बैशाख ४ गते राजविराज नगरपालिकाको सबै १० वटा वडामा पुनः निर्वाचन भएको थियो ।
मृतक उपाध्यायका श्रीमति, २ छोरा र ३ छोरी छन् ।

No comments