Header Ads

Header ADS

कञ्चनरूपमा निर्माण हुने भ्यू टावर ठेक्का विरूद्ध अदालतमा रिट निवेदन दर्ता : जिल्ला वन कार्यालयले वन क्षेत्र नेपाल सरकाको पूर्व अनुमती नभएको भन्दै रोकलगायो


सप्तरी , भाद्र २२ गते ।
सप्तरीको कञ्चनरूप नगरपालिकाले वतावरण तथा परियावरण (इआइई) र माटोको परिक्षण नगरी भ्यू टावरको ठेक्का दिइको भन्दै अदालतमा रिट परेको छ भने जिल्ला वन कार्यालयका जिल्ला सप्तरीले वन क्षेत्र नेपाल सरकाको पूर्व अनुमती  नलिई कार्यगर्न लागेको भन्दै रोको छ ।
नगरपालिकाको वडा नम्बर– १२ स्थित धारापानी क्षेत्र भित्र ७ करोड अनुमानित वजेटमा निर्माण हुने भ्यू टावर पूर्वधार निर्माण तथा संरक्षण कार्यको लागि विना विस्तृत परियोजना (डिपिआर) वतावरण तथा परियावरण (इआइई)र माटोको परिक्षण नगरी ठेक्का  प्रक्रिया अगाडि बढाएको भन्दै कञ्चनरुप न.पा.८ का हरिहर वस्नेत र वडा नं.४ का ईनजिन्यर गयानन्द चौधरीले कञ्चनरुप नगरपालिका , नगरपालिकाका .निमित प्रमुख प्रशासकीय अधिकृत नवराज खड्का र जिल्ला वन कार्यालय सप्तरीलाई विपक्ष बनाई उच्च अदालत जनकपु राजबिराज ईजलाशमा रीट हालेका छन ।
निवेदक द्वय बस्नेत र चौधरीले सर्वजनिक सरोकारको विषयबस्तु भएकोले मुलुकी देवानी कार्यविधि सहित २०६४ को दफा ९१ नं. बमोजिम  नेपालको सबिंधानको धारा १६,१७,१८र १४४ नं. तथा मुलुकी देवनी संहिता, २०७४को परिच्छेद ३ दफा १७,१८,२०,२९ नं. वन ऐन २०४९को दफा २१ मुलुकी देवानी कार्यविधि संहिता २०७४को दफा १५८ नं. बमोजिम निवेदन दिएको उल्लेख गरेका छन ।


धारापानीमा निमार्ण धर्मेश्वर धारापानी भित्र पूर्वाधार निमार्ण तथा संरक्षण गर्न गत असार ११ गते पत्र पत्रिकामा बोलपत्र अह्वान गरे पछि भ्यूु टावर निमार्ण ठेक्का ९९ दशमलव २९ प्रतिशतमा कबोल भएको थियो ।
बोलपत्र अनुसार तीन वटा फर्मले काम गर्न प्रसताव पेश गरेका थिए । करिब ५ करोडमा काम गर्न प्रस्ताव पेश गरेका दुुई वटा कम्पनीको क्यारेटऐरिया नपुुगेको भन्दै प्रतिस्पर्धाबाट हटाएर ९९ दशमलव २९ प्रतिशतमा काम गर्ने काठमाडौं स्थित कृतिक वर्क जोशी जेभी कम्पनीको प्रस्ताव स्वीकृत गर्ने प्रक्रियामा छ ।
योजनाको लागि ७ करोड अनुमान रकम न.पा.ले गरेको छ । जसमा ६ करोड ९४ लाख ३६ हजार ५ सय ५० रुपियामा सम्झौता काठमाडौं स्थित कृतिक वर्क जोशी जेभी कम्पनी प्रालिलाई ठेक्का पाएको छ ।
कञ्चनरुप नगरपालिकाका निमित प्रशासकिय अधिकृत नवराज खड्काका अनुसार वातावरण पर्यटक मन्त्रालयले २०७३ सालमा डिपिआर गरारेको बताएका छन् । हालको नियम अनुसार बिना डिपिआरको योजना सुईकृत नहुने वहाँले बताउनु भयो । धर्मेश्वर धारापानी क्षेत्र भित्र पूर्वाधार निर्माण तथा संरक्षण योजनाको लागि चालु आर्थिक बर्षमा ७ करोड अनुमानित वजेट भएपनि २ करोड ४५ लाख समुपरक कोषबाट न.पा.ले र ४ करोड ५५ लाख पर्यटक मन्त्रालयबाट बिनियोजन भएको खडकाले भनाईछ । उक्त योजनाको लागि ३ वटा कम्पनिले आवेदन दिए पनि २ वटाको प्राविधिक कागजात नमिलेको र एउटाको कागजि प्रकिर्या मिलेको खडेकाले वताउनुभायो । पब्लिक परोकमेन्ट मोनिटरीङ् कार्यालयले मात्र रकम देखन पाईने छ । रकम भरेको नगरपालिकाले देख्न पाउँदैन अधिकृत खड्को भनाई छ । योजना र्फिज नहुन दिनकोलागि पर्यटन मन्त्रालायसंग कुराकानी गरेर इआइई र माटो परिक्षण योजना संचालन भन्दा पहिले गराउने भने शर्तमा ठेक्का परक्रिया अगाडि बढेको उहाँले बताउनुभायो । उक्त प्राविधिक पूर्वपरिक्षणको लागि ७ करोडबाट नै २५ लाख छुटियाएको समेत अधिकृत खड्काको कथन छ ।
यसै गरी कञ्चनरूप नगरपालिका नगर प्रमुख बसन्त मिश्रका अनुसार इआइई र माटो परिक्षण भएको छैन तर नियम कानुनको परिधिमा रहेर सो योजना आफनै कार्यकालमा थानली हुने बताउनुभो ।
यता जिल्ला वन कार्यालयका जिल्ला वन अधिकृत संतोष कुमार झाका अनुसार बन क्षेत्र भित्र जे गर्ने भए पनि नेपाल सरकाको अनुमती लिएर मात्र का गर्नु पर्ने हुन्छ । वन क्षेत्र प्रयोग नगरि नहुने हो भने त्यस वाहेब अन्य विकल्प छैन भने त्यस आयोजनाबाट कुनै पनि वातावरणीय प्रतिकुल असर पर्दैैन भन्ने वातावरणीय रिपोटले देखएमा र नेपाल सरकारले त्यस क्षेत्र प्रयोगर्न भोगाधिकार दिएमा मात्र कार्य गर्न पाईन्छ । हैन भने हामी वन क्षेत्र भित्र हुने कुनै पनि कार्य गर्न दिदैनौ यदि  नेपाल सरकारको अनुमनि विना कार्य गरेमा वन अपराध ऐन अनुसार कार्यवाही गर्ने अधिकृत झाले बतायनुभो ।
बोलपत्र दर्ता गराएमा एक फर्मका संचालकले भने के कति कारणले हाम्रो वालेपत्रमा कागज कमि भो सोको जानकारी पनि नगाएको गुनासो गरे ।


No comments

Powered by Blogger.