Header Ads

Header ADS

खेत जोत्ने क्रममा ट्र्याक्टर पल्टिदा चालकको मृत्यु

कञ्चनरुप असार १८
खेत जोत्ने क्रममा ट्र्याक्टर पल्टिदा सप्तरी राजगढ गाउँपालिका–४ का २८ वर्षीय बुधबार एक युवाको मृत्यु भएको छ । 
हिलाम्य खेतमा फसेको स १ त ५८७६ नम्बरको ट्र्याक्टर निकाल्ने क्रममा इञ्जिनको भाग माथि फर्किएर चालक मण्डललाई नै च्यापेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्याल सप्तरीले जनाएको छ । 
राजगढ गाउँपालिका–४ का २८ वर्षीय अनीलकुमार मण्डलको ट्र्याक्टर पल्टिदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाउँ परि परी धेरै जनाले खेत जोत्न बोलाएको हुदाँ चालकले स्वयम रातभरि जोतेर सिध्याउने ट्र्याक्टर चलाएका थिए ।
खेत हिलोमा फसेपछि निकाल्न खोज्दा इञ्जिन र स्टेरिङ्गको भाग माथि फर्किएर उल्टिएपछि चालक मण्डल च्यापिएको उनका दाजु राजेश मण्डलले जानकारी दिए ।
    

No comments

Powered by Blogger.