एकैदिन २२ जनामा कोरोना संक्रमण भेटिए
राजविराज १६ असार ।
सप्तरीमा पछिल्लो पटक मंगलवार एकैदिन २२ जनामा कोरोना संक्रमण भेटिएका छन । जिल्लामा समुदाय स्तरमा कोरोना भेटिए संक्रमितको संख्या २४८ पुगेको छ ।
कोरोना भेटिएकामध्ये जिल्लाको अग्निसाईर कृष्णसवरण गाउँपालिकाका १२ वर्षीय पुरुषमा छरछिमेक अन्य संक्रमित व्यक्तिबाट संक्रमण भएको र संक्रमितको दाईमा पनि कोरोनाको लक्षण देखिएको छ । स्वाब जाँचको प्रक्रिया अगाडी बढाएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
तिलाठी कोइलाडी गाउँपालिकाका १० जना रहेका छन भने उनीहरु १२ वर्ष माथिदेखि ५४ वर्षमुनिको रहेको बताइएको छ । त्यस्तै महदेवा गाउँपालिकाका एक महिलासहित १० जनामा कोरोना पुष्टि भएको र उनीहरु सात महिनादेखि ५४ वर्षमुनिका रहेको स्वास्थ्य कार्यालयका निमित प्रमुख यादवले बताए । यसैगरी राजगढ गाउँपालिका वार्ड नम्बर ६ मा एक जना २१ वर्षको पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताए ।
राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको स्वाब परिक्षणमा रिपोर्ट पोजेटिभ आएको बताए । अग्निसाइर बाहेकका संक्रमितहरु सम्बन्धित स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइनमा रहेको र आइसोलेसनमा ल्याउने तयारी भइरहेको बताए ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा ३८ जना, बलान बिहुल गाउँपालिका ३४, बोदेबर्साइन नगरपालिकामा ३४, छिन्नमस्ता गाउँपालिकामा २३ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख यादवले बताए ।
यसैगरी राजगढ गाउँपालिकामा १९, तिलाठी कोइलाडी गाउँपालिकामा ४२, राजविराज नगरपालिकामा १५, डाक्नेश्वरी नगरपालिकामा १२, तिरहुत गाउँपालिकामा चार, सुरुङ्गा नगरपालिकामा तीन, महदेवा गाउँपालिका १२, जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय निमित प्रमुख यादवले जानकारी दिए ।
त्यसैगरी सप्तकोशी नगरपालिका, कञ्चनरुप नगरपालिका, खडक नगरपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा दुई(दुई जना, शम्भुनाथ नगरपालिका, विष्णुपुर गाउँपालिका र रुपनी गाउँपालिकामा एक(एक जना कोरोना संक्रमित फेला परेका छन् ।

No comments